एसईई नतिजा आज : ३५ अंक नल्याए वर्गीकृत नगरिने

नेपाल टेलिकममार्फत यसरी हेर्न सकिन्छ एसईईको नतिजा


११ श्रावण २०७९, बुधबार
see 1

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा आज (बुधबार) प्रकाशन गर्ने भएको छ । हिजो (मंगलबार) बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डको अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

गत बैशाख ८ गते सञ्चालन गरिएको एसईई परीक्षामा देशभरबाट ४ लाख ९४ हजार ६८१ विद्यार्थीहरु सहभागी भएका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ ब्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

नेपाल टेलिकममार्फत यसरी हेर्न सकिन्छ एसईईको नतिजा
नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल विभिन्न माध्यमबाट हेर्न सकिने व्यवस्था मिलाएको छ ।
कम्पनीले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको हो ।

see result ntc kN8OtqmJYF

सो परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार कल गरेर- नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिनेछ ।

एसएमएस – मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसईई लेखेर एक स्थान छाडी अल्फाबेटसहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा पठाउने । उदाहरणको लागि SEE 12345678A टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुनेछ ।

वेबसाइट – नेपाल टेलिकमको वेबसाइट httpsM//see.ntc.net.np मार्फत मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिने । कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र हो । प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुनेछ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेपश्चात् परीक्षाफल हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७