हुम्लामा ऊन उत्पादन गर्न किसानलाई भेंडा वितरण


११ श्रावण २०७९, बुधबार
veda

हुम्ला । हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले ऊन उत्पादनमा जोड दिन किसानलाई भेंडा वितरण गरेको छ ।
सिमकोट-१ र २ का १० किसानलाई १२० भेडा वितरण गरिएको छ ।

गाउँपालिकाको पशु शाखाको सिफारिसमा उनीहरुलाई भेंडा वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुशीला भाम रोकायाले किसानलाई स्थानीय जातका भेंडा वितरण गरे । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा किसानलाई अनुदानमा भेंडा वितरण गर्ने कार्यक्रम अघि बढाएको थियो ।

गाउँपालिकाको पशु शाखा प्रमुख महेन्द्र शाहीका अनुसार सिमकोट-१ का जैधन भण्डारी, कुञ्ज्याक लामा र सोनाम जामो लामा तथा वडा नं २ का रुपसिंह बोहरा, धनसुर कामी, सिलदेवी दमाई, नर बोहरा, बाक्ली बोहरा, काली भण्डारी र बालकृष्ण बोहरालाई भेंडा वितरण गरिएको हो ।

अध्यक्ष भण्डारीले किसानलाई थप सेवा सुविधा उपलब्ध गराइने बताए । ऊन उत्पादनमा जोड दिन आगामी दिनमा पनि भेडा वितरण गर्ने गाउँपालिकाको लक्ष्य छ । ऊन प्रशोधनका लागि गाउँपालिकाले आधुनिक चर्खा सहयोग गर्ने भएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७