बाढीले मेलम्ची-हेलम्बु सडक अवरुद्ध


११ श्रावण २०७९, बुधबार
melamchi 2
तस्वीर : सामाजिक सञ्जाल

सिन्धुपाल्चोक । मेलम्ची खोलाको बाढी सडकमा पसेपछि मेलम्ची-हेलम्बु सडक अवरुद्ध भएको छ । गए राति मेलम्ची खोलाको आएको बाढी किउलको गणेसेबगरमा बाढी पसेपछि सडकखण्ड अवरुद्ध भएको स्थानीयले जानकारी दिएका छन् ।

अवरुद्ध सडकखण्डमा अहिले मर्मतको काम भइरहेको बताउँदै केही घण्टामा सडक सुचालु गराइने हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिएका छन् । बर्षा याम शुरु भएसँगै सिन्धुपाल्चोकमा बाढी पहिरोको समस्या शुरु हुने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७