तनहुँको व्यास नगरपालिकामा बालुवा बोकेको ट्रक पल्टियो, राजमार्ग अवरुद्ध


११ श्रावण २०७९, बुधबार
accident 1 2

तनहुँ । तनहुँको व्यास नगरपालिकामा बालुवा बोकेको ट्रक राजमार्गमा पल्टिंदा राजमार्ग नै अवरुद्ध भएको छ । पृथ्वी राजमार्गअन्तरगत तनहुँको व्यास नगरपालिका-१२ स्थित छिर्कन नजिक बुधबार बिहान ट्रक पल्टिएको हो ।

accident 3

ग १ ख ४७९२ नम्बरको ट्रकमा रहेको बालुवा राजमार्गभरि छरिएको छ । बालुवासहितको ट्रक सडकमा तेर्सो परेको हुनाले राजमार्ग अवरुद्ध भएको र सवारीसाधान चल्न नसकेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७