भुवन केसीले गरे चलचित्र विकास बोर्ड अध्यक्षको पदभार ग्रहण


११ श्रावण २०७९, बुधबार
bhuwan kc

काठमाडौँ । चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष भुवन केसीले आज (बुधबार) पदभार ग्रहण गरेका छन् । उनले आजै बिहान चावहिलस्थित बोर्डको कार्यालय पुगेर पदको जिम्मेवारी सम्हालेका हुन् ।

केसीलाई बोर्ड कार्यालयमा कर्मचारीले फूल-मालाले स्वागत गरेका थिए । हाजिरी पुस्तिकामा हस्ताक्षरपछि कुरा गर्दै केसीले नेपाली फिल्म क्षेत्रको समस्याबारे आफू नजिकबाट जानकार रहेको बताए ।

चाँडै चलचित्रकर्मीलाई बोलाएर सुझाव संकलन गर्ने र सोहीअनुसार कार्यान्वयनतर्फ अघि बढ्ने आफ्नो योजना रहेको उनले बताए । केसीलाई गत सोमबार मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । केसीको नियुक्तिविरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७