प्रेस स्वतन्त्रताबाट मात्रै नागरिक अधिकारको पूर्ण सुनिश्चितता हुन्छ : प्रधानमन्त्री


११ श्रावण २०७९, बुधबार
thumb 6

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमाध्यमहरूलाई समय सुहाउँदो रूपमा परिमार्जिन गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नव निर्मित कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विश्वमा सूचना तथा प्रविधिको द्रुतगतिमा भइरहेको विकासलाई मध्यनजर गरेर सहज र आधुनिक माध्यमबाट नागकिरलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सक्नुपर्ने बताए ।

rss 1 2772022081215 1000x0 1

सत्यतथ्य सूचना प्रसारण गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने बताए । प्रधानमन्त्री देउवाले नागरिकको सूचनाको हकलाई निश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक रहेको उल्लेख गरे । नागरिक शिक्षित र सूचित भएमात्रै सरकार जिम्मेवार बन्नसक्ने उनको भनाइ छ । तथ्यहीन, भ्रामक समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकहरुमा भ्रामकता सिर्जना हुने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार हुने भएकोले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको देउवाको भनाइ थियो ।

rss bhawan

प्रधानमन्त्री देउवाले समाचार सम्प्रेषण जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार भएर काम गर्न जरुरी रहेको भन्दै वर्तमान सरकार नागरिकको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको हक अधिकारको पूर्ण सुनिश्चितता हुने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७