ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिँदा ट्याक्सी चालक घाइते


११ श्रावण २०७९, बुधबार
accident czZK9DL1GY

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ । बा.३ ख ४४४० नम्बरको बसले बा.२ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको प्रहरीले जनाएको छ ।

बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका छन् । आकाशे पुल नजिकै दुर्घटना गराउने बस ५० वर्षीय नकलबहादुर महर्जनले चलाएका थिए । बसमा यात्रु थिएनन् । घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७