प्रधानमन्त्री देउवा एसपीपी कार्यान्वयनमा लागि परे : रावल


११ श्रावण २०७९, बुधबार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा एसपीपी सम्झौता कार्यान्वयन गर्न लागिपरेको आरोप लगाएका छन् ।
आज (बुधबार) अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले प्रधानमन्त्री देउवाले ‘पिस कर्पोरेसन’ को नाममा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरू नेपालमा कार्यान्वयन गर्न लागेको आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री एसपीपी कार्यान्वयन गर्न लागि नपरेको भए अमेरिकालाई पत्र पठाउने भन्ने मन्त्रिपरिषद्को निर्णयलाई तत्काल कार्यान्वयन गरी अमेरिकालाई पत्राचार गर्न चुनौती समेत दिए । संसदीय समितिले पटक-पटक निर्देशन दिँदा पनि पत्र नपठाउनुले गम्भीर आशंका उब्जाएको उनको भनाइ छ ।

पत्र नपठाउनु गम्भीर आशंकाको विषय हो । चर्चा भएअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा अरू कुनै नामबाट एउटा नाम आएको छ, शान्तिको लागि सहयोग । यस्तै, कुनै पित्तललाई सुनको जलप लाएजस्तो कुनै जलप लगाएर केही समयअगाडि एसपीपीको सम्बन्धमा जुन १० बुँदे मस्यौदा आएको थियो त्यो मस्यौदामा उल्लेख भएका सम्पूर्ण कुराहरूलाई नेपालप्रति थोपर्न उहाँ भित्रभित्रै क्रियाशील हुनुहुन्छ भन्ने व्यापक चर्चा छ ।’

उनले भने, ‘यदि यो चर्चा असत्य हो भने म यो सरकार, यसका प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु । उहाँले पत्र पठाएर यसलाई झुठा साबित गर्नुस् । जति उहाँले यसमा ढिलो गर्दै हुनुहुन्छ, त्यति यो कुरा सत्य हो भन्ने प्रमाणित हुन्छ ।’ सांसद रावलले प्रधानमन्त्री देउवा नेपाललाई शक्ति राष्ट्रहरूको द्वन्द्वमा धकेल्न सक्रिय भएको आरोप पनि लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७