नेपाल प्रहरीका ३६ एसपीले लगाए फुली


११ श्रावण २०७९, बुधबार

काठमाडौँ । नेपाल प्रहरीमा बढुवा भएका ३६ उपरीक्षक (एसपी) ले दर्ज्यानी चिन्ह लगाएका छन् । असार २९ मा बढुवा समितिले प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरेको थियो ।

गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने निर्णय गरेका हुन् । बुधवार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बढुवा भएका अधिकृतहरूलाई फुली लगाई दिएका छन् । जनपदतर्फ देबेन्द्रबहादुर पाल, दुर्गाराज रेग्मी, सरोज पौडेल, सुधिर राज शाही र मोहन थापासहित ३६ जना प्रहरी उपरीक्षकमा बढुवा भएका थिए ।

प्राविधिक समूहतर्फ बढुवा भएका २३ जना अधिकृतहरूलाई पनि आईजीपीले फुली लगाइदिएका छन् । प्राविधिकतर्फ प्रहरी वरिष्ठ उपरीक्षकमा २ जना, प्रहरी उपरीक्षक १२ जना, प्रहरी नायव उपरीक्षक १ जना र प्रहरी निरीक्षकमा ८ जना बढुवा भएका छन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका अधिकृतहरूलाई पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई आफ्नो क्षेत्रमा उत्कृष्ट काम गर्न निर्देशन दिएका छन् । समारोहमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्र बहादुर धामीले अपराधको क्षेत्रमा देखापरेका नयाँ चुनौतीको सामना गर्न इमान्दारीताका पूर्व काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७