माओवादी अध्यक्ष प्रचण्ड र कामु प्रधानन्यायाधीश कार्कीबीच दुई घन्टा ‘गोप्य’ भेटवार्ता


११ श्रावण २०७९, बुधबार
dipak karki and prachand scaled

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसँग ‘गोप्य’ भेटवार्ता गरेका छन् । सुरक्षास्रोतको अनुसार अध्यक्ष प्रचण्ड कामु प्रधानन्यायाधीश कार्कीलाई भेट्न बुधवार कलंकीस्थित उनको निवास पुगेका थिए ।

सुरक्षास्रोतका अनुसार अध्यक्ष प्रचण्ड कार्की निवासमा विहान ८ बजे पुगेका थिए । २ घन्टापछि प्रचण्ड १० बजे कार्की निवासबाट निस्केका थिए ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधवार अन्तिम सुनवाइ अघि हुनुपुर्व प्रचण्ड र कार्कीबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७