ठमेलको कल सेन्टरमा प्रहरी छापा, ४ चिनियाँ पक्राउ


११ श्रावण २०७९, बुधबार
Nepal Police

काठमाडौं : काठमाडौंको ज्याठामा रहेको कल सेन्टरमा प्रहरीले छापा मारेको छ। ज्याठास्थित कल सेन्टरबाट ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीले काठमाडौं महानगर–२६ ज्याठामा रहेको भियना होटल रहेको कम्पाउन्डमा सञ्चालन भइरहेको कल सेन्टरमा छापा मारेको हो।

ज्याठास्थित भियना होटलकै कम्पाउण्डमा चिनियाँ नागरिकले कल सेन्टर सञ्चालन गरेर भारतीय नागरिकलाई ठगि गरिरहेको पाइएपछि प्रहरीले छापा मारेको हो।

कल सेन्टरबाट २६ थान ल्यापटप, ४७२ थान स्मार्ट फोन, एनसेलका २० वटा सिमकार्ड, एक लाख ९० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड पनि बरामद भएको छ। 

उनीहरूले काठमाडौंमा कल सेन्टर सञ्चालन गर्ने भन्दै अवैध तवरले भारतीय नागरिकलाई ऋण प्रवाह गर्ने र चर्को ब्याज लगाउने गरेको खुलेको हो।

यसअघि सोमबार तिनकुनेको कल सेन्टरमा पनि प्रहरीले छापा मारेको थियो। त्यहाँबाट एक जना चिनियाँ, दुई भारतीय र ३३ जना नेपाली पक्राउ परेका थिए। कम्प्युटर र ल्यापटप गरी ११ सय बढी बरामद गरेर अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७