एसईई परीक्षार्थीलाई अब १ रुपैंयाँमै एनसेलको ‘पहिलो सिम’


१९ चैत्र २०७४, सोमबार
NCELL

काठमाडौं, १९ चैत : एनसेलले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूलाई लक्षित गरी ‘पहिलो सिम’ अफर ल्याएको छ । यो अफर सोमबार (चैत्र १९) देखि लागू हुने एनसेलले जनाएको छ । यो सेवा लिन परीक्षार्थीले एनसेल सेन्टरमा आफ्नो परीक्षा प्रवेश पत्र र आमा–बाबुको नागरिकताको फोटोकपी बुझाएपछि यो सेवा लिन पाउने छन् ।NCELL

यो योजना अन्तर्गत परीक्षार्थीले १ रुपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न पाउने जनाइएको । उनीहरूले पहिलो रिचार्जमा आईफ्लिक्स भिडियो स्ट्रिमिङ र माइफाइभ सेवा लिन सक्ने एनसेलले जनाएको छ । उनीहरूले सस्तो डेटा प्याक, बोनस डेटा र एसएमएसको लाभ पनि पाउने छन् ।
यो सेवा लिएपछि सेवाग्राहीले बेलुका ११ बजेदेखि अर्को दिनको साँझ ५ बजेसभित्र दैनिक ३ घण्टा आईफ्लिक्समा रहेका सामग्री निःशुल्क हेर्न सक्नेछन् । आईफ्लिक्स विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा प्रदायक हो । पहिलो सिम लिनेले ५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गरान विना कुनै अतिरिक्त शुल्क माइफाइभ समूहको ५ वटा नम्बरमा ३० दिनसम्म अनलिमिटेड कल सेवा सक्ने छन् । माइफाइभ समूहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समावेश गर्न सक्छन् ।

माइफाइभ समूहमा ३० दिनपछि कल गर्दा प्रतिमिनेट कर बाहेक ०.९९ रुपैयाँ शुल्क लाग्नेछ । ग्राहकले *५५४४# डायल गरी प्राप्त निर्देशनअनुसार कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा राख्न सक्ने छन् । एक वर्षसम्म ५० वा सो भन्दा बढीको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबी डेटा र १०० एसएमएस बोनस स्वरुप प्राप्त गर्नेछन्। बोनस स्वरुप प्राप्त डेटा तथा एसएमएस २४ घण्टाको लगि मान्य रहनेछ । यो योजना शुरु भएको दिनदेखि ९० दिनसम्मको लागि मान्य रहने एनसेलले जानकारी गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७