राष्ट्रियसभा वैठक बस्दै, यस्ता छन् कार्यसूची


१२ श्रावण २०७९, बिहीबार
Parliment house samsad bhawans

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (बिहीबार) बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन, ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७