फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा


१२ श्रावण २०७९, बिहीबार
Capture 8

काठमाडौँ । प्रतिष्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ गोल अन्तरले हराउँदै जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इङल्याण्डको सामना गर्नेछ । अघिल्लो रात इङल्याण्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

बुधबार राति पहिलो हाफ १-१ स्थितिमा सकिँदा दोस्रो हाफमा जर्मनीले विजयी गोल गरेको थियो । एलेक्जान्ड्रा पोपले खेलको ४० औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाइन् । पहिलो हाफ सकिन एक मिनेट अघि जर्मनीकै मेर्ली फ्रोहमसले आत्मघाती गोल गर्दा फ्रान्स १-१ को अवस्थामा आइपुग्यो ।

७६ औं मिनेटमा पोपले दोस्रो गोल गर्दै जर्मनीको जित सुनिश्चित गरिन् । फाइनल खेल वेल्बली रंगशालामा आइतबार राति हुनेछ । जर्मनीले आठ पटक युरो जितेको छ भने इङल्याण्ड पहिलो उपाधिको संघारमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७