वेस्ट इण्डिजविरुद्धको एक दिवसीय श्रृङ्खला : भारतको ‘क्लिन स्वीप’


१२ श्रावण २०७९, बिहीबार
India Cricket team v76mF8zjsO 1

काठमाडौँ । वेस्ट इण्डिजविरुद्धको एक दिवसीय श्रृङ्खलामा भारतले ‘क्लिन स्वीप’ गरेको छ । बुधबारको तेस्रो तथा अन्तिम एक दिवसीयमा वेस्ट इण्डिजलाई डक अफ वर्थ लेभिस नियमअनुसार ११९ रनले पराजित गर्दै एक दिवसीय श्रृङ्खला ३-० ले आफ्नो पक्षमा पारेको हो ।

बुधबारको खेलमा पहिला ब्याटिङ गरेको भारतले ३६ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर २२५ रन बनाएको थियो । सो क्रममा वर्षाले खेल रोकिएपछि वेस्ट इण्डिजले ३५ ओभरको लागि २५७ रनको लक्ष्य पाएको थियो ।

भारतका लागि शभमन गिलले अविजित ९८ रनको पाली खेलेका थिए । त्यस्तै शखर धावनले ५८ रन बनाए । जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इण्डिज २६ ओभरमा १३७ रनमा समेटियो । भारतका यजुवेन्द्र चहलले सर्वाधिक ४ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७