कर्णालीमा बालीको उत्पादन घट्यो


१२ श्रावण २०७९, बिहीबार
karnali

कर्णाली । कर्णाली प्रदेशमा बालीको उत्पादन घटेको छ । आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म समग्र कृषि बालीको उत्पादन ११.२४ प्रतिशतले घटेको पाइएको छ ।

नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयद्वारा सार्वजनिक आव २०७८/७९ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार अघिल्लो आवको तुलनामा कृषि बालीले ढाकेको क्षेत्र र उत्पादन घटेको पाइएको छ । राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतले मुगुको स्थलगत र अन्य जिल्लाको गैरस्थलगत रुपमा कृषि, उद्योग र सेवा क्षेत्रको तुलनात्मक स्थिति, पूर्वाधार विकास, रोजगारीलगायत आर्थिक परिदृश्यको अध्ययन गरेको थियो । उक्त अध्ययनले कृषि बालीले ढाकेको क्षेत्रफल ६ दशमलव १९ प्रतिशतले घट्नुका साथै प्रमुख बाली धन, मकै र गहुँले ढाकेको क्षेत्र समेत घटेको पाइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

धानबाली ११ दशमवल ९० प्रतिशत, मकै ८ दशमलव ६५ र गहुँ ४ दशमलव ९५ प्रतिशतले घटेको छ । प्रतिवेदनले कोदो, फापर, भटमास, दलहन र तेलहनले ढाकेको क्षेत्रफल भने वृद्धि भएको देखाएको छ । धानबालीको उत्पादन २१ दशमलव ८९, मकैबाली २ दशमलव १ प्रतिशतले बढेको छ भने कोदो र फापरले ढाकेको क्षेत्रफल वृद्धि भएपनि उत्पादकत्वमा गिरावट आएको छ । कोदो र फापरको उत्पादन क्रमशः ४० दशमलव ९० प्रतिशत र ९ दशमलव ४० प्रतिशतले घटेको छ ।

city

कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले परम्परागत कृषि प्रणाली यथावत हुनु, समयमा पर्याप्त मल र बीउ नपाउनु, सिँचाइको उपलब्धता नहुनुजस्ता कारणले कृषि बाली क्षेत्र घट्न गई उत्पादनमा कमी आएको हुनसक्ने बताए । ‘कतिपय अवस्थामा जीविकोपार्जन गर्न समेत ग्राहो हुने भएपछि श्रमशक्ति कृषि क्षेत्रबाट पलायन भएर अन्य क्षेत्रमा लागेको देखिन्छ’, उनले भने, ‘पछिल्लो समय सहरमा बसाइँसराइका कारण पनि पहाडी जिल्लामा खेती दिनप्रतिदिन घट्दै गएको छ ।’

jagdamba.cement

कर्णाली प्रदेशमा आव २०७८/७९ को पुस मसान्तसम्म दूध उत्पादन ८ दशमलव ४८ प्रतिशतले बढेको छ भने मासु उत्पादन ० दशमलव १२ प्रतिशतले घटेको छ । अण्डा र माछा उत्पादन १२ प्रतिशतले बढ्न पुगेको छ । अघिल्लो वर्षको सोही अवधिभन्दा २०७९ को पुस मसान्तसम्म कृषि कर्जा प्रवाह ३८ प्रतिशतले बढेर रु चार अर्ब ५४ करोड १४ लाख पुगेको राष्ट्र बैंकको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ ।

कर्णालीमा मझौला तथा ठूला उद्योग स्थापना र औद्योगिक कर्जा प्रवाहको अवस्था न्यून छ । सञ्चालित लघु, घरेलु तथा साना उद्योगको संख्या २९ हजार दुई सय ४८ पुगेको छ । सबैभन्दा बढी औद्योगिक कर्जा सुर्खेत र कम डोल्पामा प्रवाह भएको छ ।

कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा भारत, चीन र तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या बढ्दै गएको छ । सुर्खेत, जुम्ला र रारामा पर्यटक लक्षित ठूलो होटल तथा रेष्टुराँ खोल्ने क्रम बढेको देखिएको छ । कोरोना महामारीको प्रभाव कम भएसँगै पर्यटन क्षेत्रले आफ्नो लय समातेको छ ।

अध्ययन प्रतिवेदनअनुसार होटल व्यवसायले सिर्जना गरेको प्रत्यक्ष रोजगारीमा ४० दशमलव २९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको सोही अवधिमा होटल व्यवसायले प्रदान गर्ने रोजगारीमा ३१ प्रतिशतले ह्रास आएको थियो । दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन्को क्रममा चिनिया नागरिकको आगमनले ती मुलुकका पर्यटकको संख्या बढी देखिएको छ ।

आर्थिक सर्भेक्षणअनुसार कूल ग्राहस्थ उत्पादनमा कर्णालीको हिस्सा ४ दशमलव १ प्रतिशत रहेको छ । राष्ट्र बैंकका प्रादेशिक कार्यालयका उपनिर्देशक विनय सिग्देलले कर्णालीमा प्राकृतिक स्रोत-साधनको उपलब्धता र प्रचुर सम्भावना हुँदाहुँदै पनि उत्पादन तथा राष्ट्रिय अर्थतन्त्रमा रहेको योगदान अन्य प्रदेशको भन्दा कम रहेको बताए । कूल ग्राहस्थ उत्पादनमा कणर्ालीको कृषि क्षेत्रको ३१ दशमलव ५, उद्योग क्षेत्रको ११ दशमलव १ र सेवा क्षेत्रको योगदान ५७ दशमलव ४ प्रतिशत छ ।

‘कोरोना महामारीले शिथिल देखिएको कर्णालीको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका कृषि, उद्योग, सेवा, पूर्वाधारलगायत क्षेत्र क्रमशः चलायमान बन्दै गइरहेका छन् ।’ राष्ट्र बैंकको प्रादेशिक कार्यालयले प्रदेशको आर्थिक गतिविधिको अर्धवार्षिक र वार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । रासस

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७