सिमरा, परवानीपुरलगायतका क्षेत्रमा भारी बर्षा, खतराको ‘साइरन’ बजाइयो


१२ श्रावण २०७९, बिहीबार
raining

काठमाडौँ । अहिले देशका विभिन्न भागमा ठूलो पानी परिरहेको छ । बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्सा जिल्लाको धेरै स्थानमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ ।

उक्त क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान रहेकाले पसाहा खोला, दुधौराखोलालगायत सो क्षेत्र भई बहने खोलामा आकस्मिक बाढी आउनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । चितवन र आसपासका क्षेत्रका भारी वर्षा भएको छ । चितवनको माडी क्षेत्रको छर्छरे कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा भारी वर्षा भएको महाशाखाले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सो क्षेत्र भएर बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी आउनसक्ने, नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखमले आग्रह गरेको छ । चितवनकै शक्तिखोर, पर्साको ठोरी र आसपासका स्थानमा पनि भारी वर्षा भएको छ । थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भएर बहने राप्तीलगायत अन्य साना नदीमा आकस्मिक बहाव हुनसक्ने र डुबान भइरहने होचा स्थान र तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ ।

city
ncll 2

परवानीपुरमा पछिल्लो २४ घण्टामा १०८ मिलिमिटर वर्षा मापन भएको छ । त्यसैले सो क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ । यस्तै पूर्वी नवलपरासी पूर्वको दुम्कौलीमा पनि भारी वर्षा मापन भएको छ । दुम्कौलीमा पछिल्लो २४ घण्टामा १३४.४ मिलिमिटर वर्षा मापन भएको छ । त्यहाँ पनि खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।

jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७