पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


१२ श्रावण २०७९, बिहीबार
maoist photo2021 12 31 12 13 30

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट बैठक शुरु भएको हो ।

बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिने तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माका विषयमा पनि छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । पार्टीमा संघीय निर्वाचन अघि नै पदाधिकारीलगायत विभिन्न संगठनलाई पूर्णता दिनुपर्ने आवाज उठ्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७