बञ्चरेडाँडाका स्थानीयले फेरि रोके काठमाडौंको फोहोर बोकेका गाडी


१२ श्रावण २०७९, बिहीबार
sisdol

काठमाडौं । बञ्चरेडाँडाका स्थानीयवासीले फेरि काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडीलाई अवरोध गरेका छन् । फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका गाडीलाई अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले जानकारी दिएका छन् ।

महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न नसकेको भट्टाराईले जानकारी दिए । काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन शुरु गर्ने भन्दै सूचना जारी गरिएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सोही अनुसार बिहान फोहोर बोकेका गाडीहरु बञ्चरेडाँडा हिंडेका थिए । फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो । स्थानीयले फोहोर बोकेको गाडी रोकेपछि एक सातापछि उठ्न शुरु भएको फोहोर फेरि उठ्नेमा शंका बढेको छ । स्थानीयवासीले सडक निर्माण पूरा नहुँदासम्म फोहोर नल्याउन आग्रह गरेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७