३० अर्ब रुपैयाँ रिपो जारी गर्दै राष्ट्र बैंक


१२ श्रावण २०७९, बिहीबार
bank

काठमाडौँ । नेपाल राष्ट्र बैंक आज (बिहीबार) ३० अर्ब रुपैयाँ रिपो जारी गर्ने भएको छ । बैंकले एक हप्ता (सात दिन) का लागि बैंक तथा वित्तीय संस्थाहरुलाई सापटीको स्वरुप ३० अर्ब रुपैयाँ प्रदान गर्न लागेको हो ।

केन्द्रीय बैंकले बजारमा तरलता प्रवाहका लागि रिपो मार्फत रकम प्रवाह गर्ने र बजारमा अधिक तरलता हुँदा रिभर्स रिपोमार्फत पुनः पैसा उठाउने गर्छ । अहिलेको बजारको तरलता मागलाई सम्बोधन गर्न बैंकले छोटो समयका लागि रिपो मार्फत तरलता प्रवाह गर्न लागेको हो ।

बैंकले बिहीबार दिउँसो ३ बजे रिपो जारी गर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि रिपो माग गर्न सक्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७