‘बाढी-पहिरोका कारण डुबानमा परेका सडक चाँडो खुलाइयोस्’


१२ श्रावण २०७९, बिहीबार
samsad 1 scaled

काठमाडौँ । सांसदहरुले वर्षाका कारण सडक बाढीपहिराका कारण अवरुद्ध भएकाले चाँडो खुलाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा बोल्दै उनीहरुले वर्षाले नागरिकको जनजीवनमा असर पुगेको औँल्याएका हुन् । सांसद् सिंहबहादुर विश्वकर्माले केही दिनयताको झरीले राजमार्गका विभिन्न स्थानमा पहिरो र सडक भाँसिएकाले सवारीसाधन ओहोरदोहोर गर्न अप्ठेरो भएको र सडक दुर्घटना भइरहेकाले सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।

सांसद नन्दा चपाईंले कर्णाली प्रदेशमा कतै बाढी पहिरो र कतै डुबानको समस्या रहेको जनाउँदै तल्लो तटीय क्षेत्रमा डुबानको जोखिम रहेकाले बस्तुगत अध्ययन गरी समस्या समाधान गर्नुपर्ने बताइन् । सांसद अनिता देवकोटाले भारतीय कम्पनीले निर्माण गरेको घोराही-तुलसीपुर सडक सम्पन्न नहुँदा नागरिकले सास्ती भोगेको बताइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सांसद खिमलाल देवकोटाले पोखरा महानगरपालिकाका निवर्तमान प्रमुखले फेवातालको मापदण्ड ६५ मिटरबाट ३५ मिटर बनाएको जनाउँदै पोखरामा बिना स्वीकृति आठ/नौँ तलाका घर बनेकाले त्यो रोकिनुपर्नेमा जोड दिए । सांसद दिलकुमारी रावलले सरकारले स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा सहभागी नहुने सरकारको निणर्य भए पनि सेना प्रमुख सहभागी हुनुको कारण साधिन् ।

city

सांसद् प्रकाश पन्थले शिक्षाको गुणस्तर खस्केको भन्दै राम्रो ग्रेड ल्याउनेलाई प्रमाणपत्र दिने र राम्रो ग्रेड ल्याउन नसक्ने विद्यार्थीका बारेमा पनि सोच्नुपर्नेमा जोड दिए । सांसद् महेशकुमार महराले राहदानी विभागमा सेवा लिन आएका नागरिकले सजिलो सेवा नपाएको र काम गराउन थप पैसा तिर्नुपरेको बताएकाले त्यो रकम कसले लिन्छ भनी बुझ्नुपर्ने बताए ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७