एकै दिन ७१० मा कोरोना संक्रमण, दुई जनाको मृत्यु


१२ श्रावण २०७९, बिहीबार
korona 1

काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ७१० जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पाँच हजार २५ स्वाब परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये दुई हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा ५२४ जनामा र दुई हजार ४८४ जनाको एन्टिजन परीक्षण गर्दा १८६ जनामा कोरोना देखिएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७