नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पनि बहुमतले पारित


१२ श्रावण २०७९, बिहीबार
samsad 3 scaled

काठमाडौँ । नागरिकतासम्बन्धी विधेयक आज (बिहीबार) राष्ट्रिय सभाबाट पनि पारित भएको छ । बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ध्वनिमतका आधारमा बहुमतले पारित भएको घोषणा गरेका थिए ।

यसअघि नागरिकता सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको थियो । प्रतिनिधि सभाले संदेशसहित पठाएको विधेयक राष्ट्रिय सभाले पनि बहुमतका आधारमा पारित गरेको हो । यससँगै नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक अब ऐन बनेको छ । राष्ट्रिपति प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७