बाबुराम भट्टराई समूहको नयाँ पार्टी दर्ता, चुनाव चिन्ह ‘आँखा’


२०७९ श्रावण १२ बिहीबार ११:३६ बजे

काठमाडौं । डा. बाबुराम भट्टराई समूहकको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । भट्टराई समूहको नयाँ दल नेपाल समाजवादी पार्टी आयोगमा दर्ता भएको हो ।

निर्वाचन आयोगले भट्टराई समूहको आग्रहमा यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइ दिएको हो । भट्टराई समूहका नेता विश्वदीप पाण्डेले निर्वाचन आयोगले समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी र चुनाव चिह्न आँखालाई अद्यावधिक गरेको जानकारी दिए । यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो ।

जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा ५ फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता भएको थियो । अब यो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गर्नेछ । त्यतिबेला मात्र भट्टराईसहितका नेताहरु यो पार्टीमा औपचारिक रुपमा रहने उनी निकट नेताहरुले बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७