नेपालमा अब प्लाष्टिकका फूलगुच्छा उत्पादन, आयात र बिक्री गर्न नपाइने


२०७९ श्रावण १२ बिहीबार १०:५९ बजे

काठमाडौं । सरकारले देशभर प्लाष्टिकका फूलगुच्छा उत्पादन, आयात, बिक्री वितरण र भण्डारण गर्न नपाइने भएको छ ।
वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै देशभर प्लाष्टिकका फूलगुच्छा उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको हो ।

अब नेपालभर प्लाष्टिकबाट बनेका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्ने काम अवैध मानिने छ ।
मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्णय गरेको जनाएको छ । यसअघि १ भदौबाट लागू हुने गरी वातावरण विभागले देशभर ४० माइक्रोन भन्दा पातला प्लाष्टिकका झोलाको प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७