अमेरिका र दक्षिण कोरियालाई किम जोङ उनको चेतावनी : आणविक हतियार प्रयोग हुनसक्छ


१२ श्रावण २०७९, बिहीबार
kim jong un

प्योङयाङ : उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको सम्भावित सैन्य द्वन्द्वमा उत्तर कोरिया आफ्नो आणविक हतियार प्रयोग गर्न तयार रहेको चेतावनी दिएका छन् ।

सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध अन्त्य भएको ६९ वर्ष पुगेको अवसरमा सम्बोधन गर्दै किमले देशका सशस्त्र बलहरू कुनै पनि संकटको सामना गर्न पूर्ण तयार रहेको बताए । आफ्नो देशको आणविक हतियार पनि मिसनको आवश्यकताअनुसार प्रयोग हुने उनको भनाइ छ ।

किमले भनेका छन्, ‘मुलुक अमेरिकासँगको कुनै पनि सैनिक द्वन्द्वका लागि पूर्ण रूपमा तयार छ ।’ उत्तर कोरियाले सातौँ आणविक परीक्षणका लागि तयारी गरिहेको हुनसक्न आशंक उब्जिरहेका बेला किमको भनाइ सार्वजनिक भएको हो ।

किमले बुधबारको सम्बोधनमा भने, ‘हाम्रो सशस्त्र फौज कुनै पनि संकटको प्रतिक्रिया दिन पूर्णतया तयार छ र हाम्रो देशको आणविक युद्ध रोकथाम पनि आफ्नो पूर्ण शक्तिलाई कर्तव्यपूर्वक, ठ्याक्कै र छिटो आफ्नो आवश्यकताअनुसार जुटाउन तयार छ ।’

आफ्नो शत्रुतापूर्ण नीतिलाई जायज ठहर्‍याउनका लागि उत्तर कोरियालाई अमेरिकाले दानवीकरण गरेको आरोप किमले लगाए । नियमित रूपमा अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गर्दा अमेरिकाको दोहोरो मापदण्ड र अपराधीको जस्तो चरित्र देखिएको उनको भनाइ छ ।

आफू सैन्य अभ्यास गर्ने अनि उत्तर कोरियाले नियमित सैन्य गतिविधि (क्षेप्यास्त्र परीक्षण) गर्दा निन्दा गर्ने अमेरिकाको दोहोरो चरित्र भएको उनले बताए ।

उनले भने, ‘उत्तर कोरियालाई लक्षित गर्ने अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यासले अमेरिकाको ‘दोहोरो मापदण्ड’ देखाएको र यसले उत्तर कोरियाको नियमित सैन्य गतिविधिलाई ‘ब्रान्डिङ’ गरेको छ । यो उसको क्षेप्यास्त्र परीक्षणको स्पष्ट सन्दर्भ हो । उत्तर कोरियाले यसलाई उत्तेजना वा धम्कीको रूपमा ब्याख्या गरेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७