श्रम मन्त्रालयले भन्यो : वैदेशिक रोजगारीमा ठगिएकाहरूलाई सम्पर्कमा आउनुहोला


१२ श्रावण २०७९, बिहीबार
28 Shares
shram mantralaya ministry of labour

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका अनियमितता एवं गैरकानुनी क्रियाकलाप नरोके हदैसम्मको कारबाही गरिने जनाएको छ ।

वैदेशिक रोजगारीका नाममा नेपाली युवासँग चर्को रकम असुल्ने गरेको, रकम लिएर विदेश नपठाएको, विदेशमा अलपत्र पारेकोलगायत विषयलाई सरकारले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको जनाउँदै मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

वैदेशिक रोजगारीका सिलसिलामा गैरकानुनी एवं अमर्यादित क्रियाकलाप न्यूनीकरण गर्न मन्त्रालय र विभागबाट सूक्ष्म अनुगमन र अनुसन्धान भइरहेको जनाउँदै मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा देखापरेका अनियमितता एवं गैरकानुनी क्रियाकलाप तुरुन्त नरोकेमा हदैसम्मको कारबाही हुने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीका सन्दर्भमा ठगीमा परेका, तोकिएभन्दा बढी पैसा दिन बाध्य पारिएका तथा विदेशमा अलपत्र परेका व्यक्तिलाई तत्काल सरकारको सम्पर्कमा आउन आग्रह गरेका छन् । केही दिनयता नेपाली नागरिकलाई प्राप्त हुने वैदेशिक रोजगारीको संख्या बढिरहेका सन्दर्भमा श्रम स्वीकृतिका लागि आवेदन गर्नेको संख्यामा समेत वृद्धि हुँदा ठगी बढिरहेको मन्त्रालयले जनाएको छ ।

jagdamba.cement
rbbbb

प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ अनुरूप नेपाली नागरिकलाई विदेशबाट प्राप्त हुने रोजगारीमा मूलतः शून्य लागतको नीति अनुसरण भएको हुनुपर्नेमा सो नीतिको पूर्ण परिपालना नगरेको, तोकेभन्दा बढी सेवा शुल्क र अन्य गैरकानुनी तवरबाट रकम लिइएको पाइएको उनले बताए ।

प्रवक्ता घिमिरेले अस्वाभाविक पैसा असुलेर त्यसको कुनै प्रमाण नदिएको, भिडियो बनाएर कुनै पदको शुल्क लिएको छैन भनी जबर्जस्ती भन्न लगाएको, स्वास्थ्य परीक्षण गर्दा सम्बन्धित व्यक्ति उपस्थित नभए पनि ठूलो रकम असुलेर निरोगिताको प्रमाणपत्र दिने गरेको, विदेश जानुपूर्व अनिवार्य रूपमा सहभागी हुनुपर्ने पूर्वप्रस्थान अभिमुखीकरणमा अनुपस्थित व्यक्तिलाई समेत उपस्थित भएको, असान्दर्भिक नाम दर्ता गराएकोलगायतका उजुरी प्राप्त भएको बताए । ती उजुरीको अनुसन्धान गरी दोषीमाथि कारबाहीको तयारी भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७