२०७९ साउन १३ गते शुक्रबारको तपाईको राशिफल

साउन शुक्ल प्रतिपदा पञ्चाङ्गः सिद्धि किंस्तुघ्न पुष्य , गुंलापर्व आरम्भ/विश्व बाघ दिवस


१३ श्रावण २०७९, शुक्रबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सौन्दर्यतामा धन खर्च हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ, तर नजिकका व्यक्तिबाट साथ मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । प्रेममा मधुरता छाउने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा निराशा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला, तर साँझमा शुभ समाचार पाइने र पैसा हात पर्नसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारमा सुख सन्तोष छाउने छ । सफल यात्राको योग छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । शेयर बजारको लगानीले लाभ मिल्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आजको दिन लाभ-हानी माध्यम रहनेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ । वैदेशिक यात्राको योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । समाजसेवामा मन लाग्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने छ । पारिवारिक सद्भाव पनि बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ, तर पुँजी बजारको भने भर हुने छैन ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मिठो बोलीले कार्य सम्पादन हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । व्यापार, व्यवसायमा सफलता मिल्ने छ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्ने छ । प्राविधिक क्षेत्रमा रुचि बढ्ने छ । राज्यबाट मान सम्मान पनि पाइनेछ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७