सयपत्री हाइड्रोपावरको आईपीओ बिक्री खुला


१३ श्रावण २०७९, शुक्रबार
IPO

काठमाडौं । सयपत्री हाइड्रोपावरले आज (शुक्रबार) देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा विक्री नभएको एक लाख २१ हजार ६० कित्ता थप गरी कूल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५३ कित्ता शेयर सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ ।

बाँकी ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

साउन १७ गतेसम्म आईपीओका लागि आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरे साउन २७ गतेसम्म आवेदन दिने समय थप गरिनेछ । आईपीओमा सी-आस्बा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने जनाइएको छ । साथै, मेरो सेयर वेबसाइट र एपमार्फत पनि आवेदन दिन सकिनेछ । यो आईपीओ विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आईएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले बागलुङ जिल्लामा २.५ मेगावाटको ‘दरम खोला ए’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७