नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले ‘द सिक्स्टी’ क्रिकेट खेल्ने


१३ श्रावण २०७९, शुक्रबार
sandeep lamichhane

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जमैका तलाबाजबाट ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

वेस्ट इण्डिज क्रिकेटले आयोजना गर्ने नयाँ प्रतियोगिताका लागि जमैकाले लेग स्पिनर सन्दीपलाई टोलीमा समावेश गरेको छ । प्रतियोगिता ६० बलको हुनेछ । ३० बलको एक इनिङ रहने प्रतियोगिता ६ विकेटको हुनेछ । प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ६ टोलीको सहभागिता रहनेछ । जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० लिगका लागि अनुबन्ध गरेको थियो । सीपीएल हुनुअघि ‘द सिक्स्टी’ प्रतियोगिता हुनेछ । सीपीएल क्रिकेट अगस्ट ३० देखि शुरु हुनेछ । दशौँ संस्करणको यो प्रतियोगिता आउँदो सेप्टेम्बर ३० सम्म चल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७