सशस्त्र प्रहरीले माग्यो पदपूर्तिका लागि आवेदन


१३ श्रावण २०७९, शुक्रबार
APF Headquater

काठमाडौं । सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ । सशस्त्र प्रहरी बलमा रिक्त प्राविधिक समूह (स्वास्थ्यतर्फ) खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।

आजदेखि भदौ १२ गतेसम्म आवेदन दिन सकिने प्रकाशित सार्वजनिक सूचनामा उल्लेख छ । प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) का लागि आवेदन आह्वान गरिएको हो ।

निरीक्षकका लागि २१ वर्ष पूरा भइ ३० वर्ष ननाघेको र नायव निरीक्षकका लागि १८ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनु पर्नेछ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, भर्ना तथा छनोट शाखा, हलचोकमा पुगेर आवेदन दिन सकिने जनाइएको छ ।
हेर्नुस् सूचना

012005764sastra police

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७