रोमानियामा विवेक र आँचलको रोमान्स


१३ श्रावण २०७९, शुक्रबार
aachal bibek OlRsLCwcBN

काठमाडौँ । नायिका आँचल शर्मा अहिले रोमानियामा छिन् । चलचित्र ‘वर एन्ड वधु’ सुटिङका लागि उनी त्यहाँ पुगेकी हुन् । रोमानियाबाट चलचित्रका केही तस्बिर सार्वजनिक भएका छन् । जहाँ नायिका आँचल नव नायक विवेक कर्माचार्यसँग रमाइरहेको देखिन्छिन् ।

मिलन चाम्स निर्देशित यो फिल्मको रोमानिया छायांकन केही दिनमै सकिने चाम्सले बताएका छन् । सामाजिक कमेडी जनरामा निर्माण हुन लागेको फिल्मको केही सातादेखि रोमानियाको रमणीय दृष्यमा छायांकन भइरहेको छ । फिल्म सुटिङका लागि चाम्ससहितको जम्बो टोली रोमानिया पुगेको छ ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा बनिरहेको फिल्मको दृष्य सुदीप बरालले खिचिरहेका छन् । फिल्मका गीतमा विदेशी महिलाको कोरस नृत्य समेत देख्न सकिने निर्देशक चाम्सले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७