काठमाडौं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा


१३ श्रावण २०७९, शुक्रबार
Press release photo 3 RyKKU4LOzg

काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप ३ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले १७८औं, १७९औं तथा १८०औं शाखा भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बाराही र ललितपुरको थसिखेल गरी थप ३ वटा शाखाहरू संचालनमा ल्याएको हो ।

यससँगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३५ वटा शाखाहरू र बाग्मती प्रदेशमा ४९ वटा शाखाहरू संचालनमा रहेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी काम गर्न सम्पूर्ण कर्मचारीहरूलाई बैंकमा आयोजित नयाँ शाखाहरू आरम्भ समारोहमा बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७