बैंक अफ काठमाण्डूका ग्राहकलाई कोरियन भाषा ईन्स्टिच्युटमा २५%को छुट


१३ श्रावण २०७९, शुक्रबार
Korean Language scaled

काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई कोरियन भाषा सिकाई संस्था “थेयाङ हान्गुल ईन्स्टिच्युट”मा भाषा कक्षा शुल्कमा २५% छुट उपलब्ध गराउने भएको छ ।

छुट सम्झौता पश्चात् नेपाल सरकार र गणतन्त्र कोरियाको समझदारी पत्र अनुरुप रोजगार अनुपति प्रणाली अन्र्तगत वा अन्य माध्यमबाट गणतन्त्र कोरिया जान इच्छुकले कोरियन भाषा पढ्न ललितपुरको ग्वार्कोमा रहेको थेयाङ हान्गुल ईन्स्टिच्युटबाट अध्ययन गरी बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भाषा शुल्क भुक्तानी गरेमा २५% छुट पाउने बैंकले जनाएको छ ।

नेपाल सरकार, श्रम मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय बीचको समझदारी अनुरुप रोजगार अनुमती प्रणाली अन्तर्गत वार्षिक ९ हाजर भन्दा बढि नेपाली नागरिकहरु कोरियन भाषा उत्तिर्ण गरि कामदारका रुपमा गणतन्त्र कोरिया गईरहेका छन् ।

थेयाङ हान्गुल ईन्स्टिच्युटले ललितपुरको ग्वार्कोबाट कोरियन भाषा पढि गणतन्त्र कोरिया जान इच्छुक महानुभावहरुलाई दक्ष तथा कोरियन भाषा विज्ञहरुबाट कक्षा संचालन गर्दै आईरहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंकले मुलुकभर १०३ शाखा कार्यालय,एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत ग्राहकवर्गहरुमा अनवरत रुपमा आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७