पोखराबाट उड्ना साथ यतिको विमानकाे इन्जिनमा समस्या, आकस्मिक अवतरण


२०७९ श्रावण १३ शुक्रबार ०७:०१ बजे

काठमाडौं । पोखराबाट ४५ यात्रु बोकेर आज (शुक्रबार) विहान काठमाडौंतर्फ उडेको यति एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरेको छ ।

८ः५४ मा उडेको जहाज ९ बजे पोखरा विमानस्थल फर्किएर आकस्मिक अवतरण गरेको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिएका छन् ।

एटीआर ७२ जहाजको इन्जिनमा समस्या आएपछि विमान फर्काइएको हो । विमान सामान्य अवस्थामै अवतरण गरेको सुवेदीले बताए । विमानमा समस्या हुँदा नजिकैको विमानस्थलमा त्यो जहाजलाई प्राथमिकतामा राखेर अवतरण गराइन्छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७