वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा सरकार केन्द्रित : प्रधानमन्त्री


१३ श्रावण २०७९, शुक्रबार
Deuwa 2 scaled

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बाघ संरक्षणले पर्यटन प्रवर्द्धन भई आर्थिक क्रियाकलापा बढ्ने भन्दै प्रधानमन्त्री देउवाले बाघ संरक्षणमा नेपाल सफल भएको दाबी गरे। बाघ संरक्षणको सन् २०१० को लक्ष्य पूरा भएको भन्दै उनले अब बाघका लागि आहारा बढाउनुपर्ने बताए ।

आहारा अभावमा बाघ बस्ती पस्दा मानव-वन्यजन्तु द्वन्द्व बढेको भन्दै उनले भने, ‘आहारा नहुँदा बाघ बस्ती पस्ने गरेको छ । मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि उचित कदम चाल्न, सहअस्तित्व कायम राख्न, वासस्थान व्यवस्थापन र स्थानीय जनताको जीविकोपार्जन गर्नुपर्ने दायित्व सरकारसामु छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७