एसपीपीबारे आज संसदमा परराष्ट्रमन्त्रीले जवाफ दिने


१३ श्रावण २०७९, शुक्रबार
narayan khadka samsad
????????,????? :????? ???? ??? ???? ?????????? ?????? ????? ????????? ????? ????? ???????? ???????????? ?????? ???? ????? ???????????????? ??.?????? ????? ? ?????? : ????????? ????????,????

काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे संसदमा र सार्वजनिक रुपमा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।

सरकारले गत असार ६ गते एसपीपी अगाडि नडढाउने निणर्य गरेको थियो । उक्त निणर्यबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद र सार्वजनिक रुपमा प्रश्न उठ्दै आएको छ ।

साउन ४ गते नेकपा एमालेका सांसद भीम रावलले एसपीपीमा संलग्न नहुने निणर्य अमेरिकालाई जानकारी नगराइएको भनी ‘रोष्ट्रम कब्जा’ (रोष्ट्रममा उभिएर अमेरिकालाई पत्र पठाउन निरन्तर माग, सरकारलाई रुलिङ गर्न आग्रह) गरेका थिए । रावलले ‘रोष्ट्रम कब्जा’ गरेपछि उक्त बैठक स्थगित हुन पुगेको थियो ।

निरन्तर प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन पाँच गते सरकारलाई एसपीपीबारे भएको गतिविधिबारे जानकारी गराउन रुलिङ गरेका थिए । सोही रुलिङको पालना गर्दै शुक्रबार परराष्ट्रमन्त्री खड्काले प्रतिनिधिसभामा जवाफ दिन लागेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७