माओवादीले १५ साउनमा पदाधिकारीको टुङ्गो लगाउने


२०७९ श्रावण १३ शुक्रबार ०७:३१ बजे

काठमाडौँ । सत्तारुढ नेकपा माओवादीले प्रदेशका पूर्व निर्धारित बैठकहरूको समय परिवर्तन गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्व निर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएका कारण बैठक सारिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए । उनले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष प्रचण्ड जापान जान लागेको बताए ।

प्रवक्ता महराले बैठकले प्रदेश १ को २६ गते, मधेस प्रदेशको बैठक २ गते, लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको बैठक ४ गते बस्ने बताए । उनले प्रवासको बैठक ६ गते, विशेष प्रदेशको बैठक ४ गते र सम्पर्क मञ्चको बैठक ८ गते बस्ने बताए । पार्टी पदाधिकारीबारे टुंगो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्नेछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७