हिरासतमै महिलामाथि बलात्कार प्रयास


१३ श्रावण २०७९, शुक्रबार
1071 Shares
Kohalpur Police 1200x560 1

बाँके । इलाका प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेकी एक महिलालाई यहाँका प्रहरी सहायक निरीक्षक (असइ) प्रवीण चौलागाईले यौन दुर्व्यवहार तथा बलात्कार प्रयास गरेका छन् ।

शुक्रबार बिहान करिब २ बजे असइले ती महिलालाई यौन दुर्व्यवहार तथा बलात्कार प्रयास गरेका हुन् । बहुविवाहमा हिरासतमा रहेकी ती महिलाले प्रतिकार गरेपछि उनले बलात्कार भने गर्न पाएनन् । स्रोतका अनुसार ती असइले मदिरा सेवन गरेर बलात्कार प्रयास गरेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले बताएका छन् । ‘हामीले पीडित भनिएकी महिलाको कुरा पनि सुन्यौं,’ उनले भने, ‘यौन दुर्व्यवहारको आरोप लागेका असइ चौलागाईंलाई पनि नियन्त्रणमा लिएका छौँ ।’

इलाका प्रहरी कार्यालय कोहलपुर स्रोतका अनुसार मदिरा पिएर आएका असईले थुनुवा कक्षमा रहेकी महिलालाई बोलाएर माथिल्लो तलामा रहेको कोठामा लगेर बलात्कारको प्रयास गरेका थिए । करिब साता दिनअघि उनका श्रीमान् र उनी बहुविवाह मुद्दामा हिरासतमा छन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७