उड्नै लाग्दा विराटनगरमा पनि यतिको विमानमा समस्या


१३ श्रावण २०७९, शुक्रबार
Yeti Airlines New Livery Nepal 1
फाइल फोटो

विराटनगर । विराटनगरबाट काठमाडौं उड्न लागेको यति एरलाइन्सको जहाजमा पनि समस्या देखिएको छ । बिहान साढे ७ बजे काठमाडौं उड्नै लाग्दा जहाजमा समस्या देखिएपछि यात्रु ओरालिएको विमानस्थलका प्रमुख उत्सव खरेलले जानकारी दिएका छन् ।

६० जना यात्रु लिएर काठमाडौं उड्न लाग्दा इन्डिकेसनमा समस्या देखिएको थियो । अहिले काठमाडौंबाट इन्जिनियर लगेर परीक्षणको काम भइरहेको उनले बताएका छन् । अहिले चेकजाँच भइरहेको छ । समस्या समाधान भयो भने विमान उड्छ नभए, जाँदैन’, उनले भने । बिहीबार बेलुकी विराटनगर पुगेको जहाज त्यहीं बसेको थियो ।

आजै पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काइएको छ । यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७