मणिपाल अस्पतालमा झडप, सात सुरक्षाकर्मी घाइते


१९ चैत्र २०७४, सोमबार
manipal.

पोखरा, १९ चैत : पोखराको मणिपाल शिक्षण अस्पतालमा प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप हुँदा सात सुरक्षाकर्मी घाइते भएका छन् । झडपमा ७ प्रहरीसहित अन्दोलनरत अस्पतालका कर्मचारी घाइते भएको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिएका छन् ।manipal.

प्रहरीको हस्तक्षेपपछि कर्मचारीले ढुङ्गामुढा प्रहार गरेका थिए । उक्त क्रममा अस्पतालमा तोडफोड गरेको भन्दै प्रहरीले अस्पतालमा तोडफोड गरेको आरोपमा कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीसहित २० जनालाई पक्राउ गरेको छ । अस्पताल प्रशासनले माग पूरा नगरेको भन्दै कर्मचारीहरुले ११ दिनदेखि धर्ना दिंदै आएका थिए ।

कर्मचारीको धर्नामा अस्पताल प्रशासनले प्रहरीले हस्तक्षेप गरेको कर्मचारीहरुको आरोप छ । अस्पतालमा कार्यरत ननटिचिङ कर्मचारीले तलबको १० प्रतिशत घरभाडा बापतको सुविधा दिनुपर्ने, खटिएका इन्चार्जहरुलाई इन्चार्जको छुट्टै भत्ता उपलब्ध गराउनुपर्ने, सञ्चित विदाको १८० दिन (पूरै) बिदा पाउनुपर्ने, अस्थायी र करारमा लामो समयदेखि कार्यरत कर्मचारीलाई स्थायी गराउनुपर्ने लगायत विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७