एमालेले सोध्यो : सत्तारुढ दलले त्रिभुवन विश्वविद्यालय बन्द गर्न खोजेको हो ?


१३ श्रावण २०७९, शुक्रबार
lalbabu pandit

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले त्रिभुवन विश्व विद्यालयमा पटक-पटक तालाबन्दी गर्दा बन्द हुने अवस्थामा पुगेका बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका कारण त्रिभुवन विश्वविद्यालय बन्द गर्न खोजेको हो भन्दै प्रश्न गरे ।

‘त्रिभुवन विश्विद्यालय सबैले आशा राखेको हाम्रो पहिलो विश्वविद्यालय हो । तर, आज सत्ता नजिक रहेको विद्यार्थी सिंगठन नेविसंघद्वारा लगातार तालबन्दी भएको छ’, उनले भने, ‘के त्रिविलाई बन्द गर्न खोजेको हो ? यसमा सत्ताधारी पार्टी र नेपाली कांग्रसको ध्यान पुग्छ या पुग्दैन ?’ उनले संविधानले नेपालमा तीन तहको संघीयता लागु गरे पनि प्रशासनिक संघीयता लागु नभएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७