कर्णाली र सुदूरपश्चिममा पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न संग्रौलाको माग


१३ श्रावण २०७९, शुक्रबार
dila

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले कर्णाली र सुदूरपश्चिम प्रदेशमा पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि तत्काल व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले कर्णाली र सुदूरपश्चिम प्रदेशमा पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि तत्काल व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेकी हुन् ।

गुणस्तरीय नर्सिङ शिक्षामा सम्झौता नहुने गरी नेपालका कलेजहरुलाई नर्सिङ पठनपाठन अगाडि बढाउन सहजीकरण गर्नुपर्ने सांसद संग्रौलाको भनाइ थियो । सय शैंयाको आफ्नै अस्पताल चलाउनुपर्ने प्रावधान व्यावहारिक नभएको गुनासो आइरहेको भन्दै उनले प्राविधिक एसईई, डिप्लोमा तथा स्नातक तहमा निःशुल्क छात्रवृत्तिमा पढ्न योग्य सयौँ विद्यार्थी पढाइबाट वञ्चित हुनुपरेको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७