सर्पको टोकाइबाट झापामा महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु


१३ श्रावण २०७९, शुक्रबार
snack

झापा । सर्पदंशबाट झापामा एक महिला स्वास्थ्य स्वयंसेविकाको ज्यान गएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ११ स्थित बनियागाँउ निवासी ५१ वर्षीया रुपा मैनाली (उप्रेती) रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार बिहीबार राति साढे ११ बजे उप्रेतीलाई घरभित्रै विषालु सर्पले बायाँ खुट्टामा डसेको थियो । सर्पको डसाइबाट घाइते भएकी उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली पठाएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मध्यराति साढे १२ बजे मृत्यु भएको डीएसपी पाठकले बताए । उनी धाइजन स्वास्थ्य चौकी अन्तर्गत मेचीनगर- ११ मा सामुदायिक स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्यरत थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७