एसपीपी कार्यान्वयन नगर्ने पत्र साउन ९ गते नै अमेरिकालाई पठाइसक्यौं : परराष्ट्रमन्त्री


१३ श्रावण २०७९, शुक्रबार
35 Shares
narayan khadka samsad
????????,????? :????? ???? ??? ???? ?????????? ?????? ????? ????????? ????? ????? ???????? ???????????? ?????? ???? ????? ???????????????? ??.?????? ????? ? ?????? : ????????? ????????,????

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनेर अमेरिका सरकारलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरिएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभामा आज (शुक्रबार) जानकारी दिँदै मन्त्री खड्काले साउन ९ गते नै कूटनीतिक माध्यमबाट एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकी सरकारलाई लिखित जानकारी पठाइएको जानकारी संसद्लाई दिएका हुन् । ‘मिति २०७९ साउन ९ गते कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निणर्य गरेको लिखित जानकारी अमेरिकी सरकार समक्ष पठाइएको जानकारी गराउन चाहन्छु,’ उनले भने ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

एसपीपीबारे संसदमा बारम्बार प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले त्यससम्बन्धमा जानकारी गराउन सरकारलाई निर्देशन दिएका थिए । पत्राचारको विषयमा आन्तरिक परामर्श गर्नुपर्दा केही समय लागेको मन्त्री खड्काको भनाइ थियो । उनले सांसदहरूको संशयप्रति आपत्ति जनाएका थिए ।

‘पत्राचारको विषयमा अन्तरिक परामर्शका कारण केही समय लागेको हो । केही सांसदहरूले यसमा संशय समेत व्यक्त गरेको सुनिएको छ’, उनले भने‚ ‘एसपीपीको विषयमा सरकार प्रस्ट थियो र छ । नेपाल सरकार सार्वभौमसत्ता सम्पन्न राष्ट्रको कार्यपालिकाको सर्वोच्च निकायले गरेको निणर्यमा संशय व्यक्त गर्नु कदापि अस्वभाविक नै हुन्छ ।’ स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति अपनाएर कसरी राष्ट्रिय हित हुन्छ भन्नेबारे सरकार सक्षम रहेको पनि खड्काले बताए ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७