एमालेले भन्यो-एसपीपी फिर्ता गरेको पत्रको प्रतिलिपी संसदलाई उपलब्ध गराइयोस्


१३ श्रावण २०७९, शुक्रबार
Bhim Rawal

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अमेरिकी सरकारलाई फिर्ता पठाएको पत्रको प्रतिलिपी उपलब्ध गराउन माग गरेका छन् ।

आज (शुक्रबार) प्रतिनिधिसभाको वैठकमा बोल्दै सांसद रावलले नेपाल सरकारले पठाएको पत्रको प्रतिलिपी उपलब्ध गराउन माग गरेका हुन् । उनले भने, ‘नेपाल सरकारको तर्फबाट गएको पत्रको प्रतिलिपी संसदको सम्बन्धित ठाउँमा प्राप्त हुन्छ कि हुँदैन ? अमेरिकी सरकारलाई पठाइएको पत्रको प्रतिलिपी उपलब्ध गराइयोस् ।’

उनले नेपालको स्वाधिनता मन्त्री विशेष नभएको बताएका छन् । आजै संसदमा परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी सम्झौता अगाडि नबढाउने पत्र अमेरिकी सरकारलाई पठाइसकेको जानकारी गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७