राजदूत शर्माद्वारा भारतीय विदेश सचिवसँग शिष्टाचार भेट

काठमाडौा । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग साउथ ब्लकमा शुक्रबार शिष्टाचार भेट गरेका छन् । राजदूतका रुपमा डा. शर्माले भारतीय विदेश सचिवसँग गरेको यो पहिलो शिष्टाचार वार्ता हो ।
भेटपछि ट्वीट गर्दै राजदूत शर्माले द्विपक्षीय सहयोगलगायत सबै विषयमा समीक्षा गरेको बताएका छन् । उनले भनेका छन्, ‘हाम्रो भेटवार्ता उत्कृष्ट रह्यो । हामीले द्विपक्षीय सहयोगसँग सम्बन्धित विभिन्न विषयहरुको समीक्षा गर्यौं । दुबै पक्ष सबै क्षेत्रमा कायम रहेको बलियो सम्बन्धलाई अझ प्रगाढ बनाउन निकट रहेर काम गर्न सहमत भएका छौं ।’