जनार्दन शर्मा प्रकरण : छानविन समितिको प्रतिवेदन संसदमा पेश हुँदै


१३ श्रावण २०७९, शुक्रबार
janardan

काठमाडौँ । संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानविनको प्रतिवेदन आज (शुक्रबार) प्रतिनिनिधि सभामा पेश गर्दैछ । करको दायरा हेरफेर गरेको आरोप लागेपछि राजीनामा दिएका तत्कालीन अर्थमन्त्री शर्मामाथि छानविन गर्न गठित समितिले प्रतिवेदन आज दिउँसो ३ बजे संसदमा पेश गर्न लागेको हो ।

संसदीय विशेष समिति सदस्य बिमला विकले शुक्रबार दिउँसो ३ बजे सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाइने जानकारी दिइन् । उनले भनिन्, ’शुक्रबार दिउँसो संसदमा यो प्रतिवदेन पेश हुन्छ ।’ शर्मामाथि छानबिन गर्ने सरकारले ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ ।

समितिमा लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीपकुमार ज्ञवाली, मानबहादुर विश्वकर्मा, भानुभक्त ढकाल, बिमला विक, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७