डिस्नेरी हेरेरै भए पनि एम अधिकारीबारे प्रमाण भेट्टाएँ : सांसद महत


२०७९ श्रावण १३ शुक्रबार ०८:०५ बजे

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा उल्लेखित नाम एम अधिकारी आफूले भेट्टाएको दावी गरेका छन् ।

उनले एम अधिकारी पैसामा अधिकार भएको मान्छे भएको र सो मान्छे नेपाल राष्ट्र बैंकको गभर्नर रहेको दाबी गरे । उनले नेपाल राष्ट्र बैंकको गभर्नरलाई कारबाही गर्न माग पनि गरे ।

उनले भने, ‘संसदमा सशक्तका साथ आवाज उठिसकेपछि एम अधिकारी त खोज्नु पर्‍यो । एम अधिकारीका थरका मान्छेले नखोजे पनि, त्यो पार्टीका मान्छेले नखोजे पनि, यो सदनले नखोजे पनि एउटा सांसदको नाताले त मैले खोज्नै पर्‍यो भनेर म खोज्न रात, दिन लागें । मैले प्रमाण पनि भेट्टाएँ ।’

उनले भने, ‘एम अधिकारी भन्ने मान्छे, मैले डिस्नेरी हेरें । सबै हेरें । अन्तिममा मैले के भेट्टाए भने प्रमाण भेट्टाएँ । एम भनेको मनि रैछ । एम बाट मनि, मनि भनेको पैसा । ढुकुटी, रुपैयाँ । अधिकारी भनेको अधिकार भएको मान्छे । पैसाको अधिकार भएको मान्छे । अथवा ढुकुटीमा अधिकार भएको मान्छे भन्ने बुझाउँदो रहेछ त्यसले । को छ त त्यो पैसामा अधिकार भएको, ढुकुटीमा अधिकार भएको मान्छे भनेर हेर्दा तिनी गभर्नर रहेछन् ।’

सांसद महतले थपे, ‘गभर्नरलाई पैसाको अधिकार भएको मान्छे अथवा एम अधिकारी भन्दोरहेछ । त्यसैले समिति त बनेन तर म आफैं एक्लै, म त्यो थरको मान्छे पनि होइन । तर पनि मैले एम अधिकारी भन्ने मान्छे मैले खोजेर सभामुख समक्ष मैले बुझाएको छु । त्यो ढुकुटीको अधिकार भएको मान्छे गभर्नर मैले सभामुखको अगाडि बुझाएको छु । उहाँमाथि कारबाही होस् ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७