संविधानमा उल्लेखित विदेश नीतिका आधारलाई पूर्णपालना गर्नुपर्छ : खनाल


१३ श्रावण २०७९, शुक्रबार
14 Shares
jhalanath khanal

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको संविधानको निर्देशक सिद्धान्तमा उल्लेखित विदेश नीतिका आधारलाई पूर्ण रूपमा पालना गर्नुपर्ने बताएका छन् ।

समाजवादी पत्रकार सङ्गठन नेपालका प्रतिनिधिसँग बिहीबार आफ्नै निवास डल्लुमा भएको भेटमा उनले संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, विश्व शान्ति र अन्तर्राष्ट्रिय कानुनको पालनाका साथै एक चीन नीति र नेपालको भूभाग विदेश राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषय नै हाम्रो विदेश नीतिका आधार भएको स्पष्ट पारेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पार्टीका सम्मानित नेता खनालले ४६ सालको आन्दोलनपछि गठित अन्तरिम सरकारका पालामा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले टनकपुर ब्यारेज निर्माणका क्रममा नेपालको विना स्वीकृति नेपाली भूमिमा संरचना बनिरहेकामा रोक्न सकेको स्मरण गराउँदै टङ्कप्रसाद आचार्य, बिपी कोइराला, कीर्तिनिधि विष्ट, मनमोहन अधिकारीका पालामा नेपालको हितमा विदेश नीति सञ्चालन भए पनि पछिल्ला दिनमा राष्ट्रहितलाई सर्वोपरि राखी विदेश नीति सञ्चालन हुन नसकेको बताए ।

’नेकपा सरकारका पालामा सो दलका नेताहरूको बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे एक मत निर्णय गरेर नीति तथा कार्यक्रममा सो विषय राख्न सक्यौँ, यस्तो विषय त नेताहरु आफैँले बुझेर सरकारको नीति तथा कार्यक्रममा राख्न सक्नुपर्ने हो,’ खनालले भने । उनले पार्टी विदेश विभाग प्रमुख खनालले बिआरआई परियोजनाका लागि पहिले ३५ परियोजनाको सूची दिइएकामा पछि नौ वटा दिइए पनि कार्यान्वयन हुन नसकेकामा असन्तोष व्यक्त गरे । उनले प्रतिनिधिसभाबाट हालै पारित नागरिकता विधेयक विषयमा पार्टीको संस्थागत निणर्य नभएको स्वीकार गरे ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७